बेलबारी नगरपालिका वडा नम्बर १ मा आयोजना भइरहेको प्रादेशिक ललितकला प्रदर्शनीमा, बेलबारी नगरपालिका वडा नम्बर ९ मा अवस्थित बाल जागत इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी भाइबहिनीहरूले उत्साहपूर्वक सहभागिता जनाएका छन्। यस प्रदर्शनीले विद्यार्थीहरूलाई आफ्नो सिर्जनात्मक क्षमता प्रस्तुत गर्न, कला प्रतिको रुचि बढाउन र क्षेत्रीय स्तरमा आफ्नो प्रतिभा चिनाउन उत्कृष्ट अवसर प्रदान गरेको छ। विद्यालय परिवारले सहभागी सबै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दछ।