आज विद्यालयमा सरस्वती पूजाको पावन अवसरमा आयोजित कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक/शिक्षिकाहरूको उल्लेखनीय सहभागिता रहेकोमा हार्दिक धन्यवाद प्रकट गर्दछौं।
कार्यक्रमका दौरान लिइएका केही स्मरणीय तस्बिरहरू पनि यहाँ समावेश गरिएको छ।
विशेष रूपमा आज अक्षरारम्भ गर्नु भएका नानीहरूलाई उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछौं।
सबै महानुभावहरूमा विद्या, बुद्धि र ज्ञानकी देवी माता सरस्वतीको कृपा सदा रहोस् भन्ने कामना सहित सरस्वती पूजाको हार्दिक शुभकामना।
जय सरस्वती माता!
