श्री पञ्चमी (सरस्वती पूजा) को पावन अवसरमा आज विद्यालयमा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
ज्ञान, बुद्धि र वाणीकी अधिष्ठात्री देवी माता सरस्वतीको पूजापछि, साना बाबु नानीहरूले पहिलोपटक अक्षर लेख्दै आफ्ना शैक्षिक यात्राको शुभारम्भ गरेका छन्।
कार्यक्रममा अभिभावक, शिक्षक/शिक्षिका तथा विद्यालय परिवारको उत्साहजनक उपस्थिति देखिएको थियो।
शुभ अवसरमा सहभागी सबै नानीहरूलाई उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं।